भारत विश्वको अग्रणी केरा उत्पादक, कुल उत्पादनको लगभग २५ प्रतिशत भारतमा मात्र उत्पादन हुने

भौगोलिक संकेत (जीआई) प्रमाणित कृषि उत्पादनको निर्यातलाई बढावा दिन फाइबर र खनिजयुक्त 'जलगाउँ केरा' दुबई निर्यात गरिएको छ।

वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार बाईस मेट्रिक टन जीआई प्रमाणित जलगाउँ केरा महाराष्ट्रको जलगाउँ जिल्लाको तण्डलवाडी गाउँका प्रगतिशील किसानहरूबाट प्राप्त गरिएको थियो। उक्त केरा कृषि निर्यात नीति अन्तर्गत पहिचान गरिएको समूह अन्तर्गत पर्दछ।

२०१६ मा जलगाउँ केराले जीआई प्रमाणीकरण प्राप्त गरेको थियो र निसारग्रजा कृषि विज्ञान केन्द्र(केभिके) जलगाउँमा दर्ता गरिएको थियो। विश्वको मापदण्ड अनुसार कृषि अभ्यास अपनाईएका कारण भारतको केराको निर्यात द्रुत गतिमा बढेको छ।

देशको‌ केरा निर्यातको मात्रा र मूल्य दुवै मा बढोत्तरी भएको छ। २०१८-१९ मा ४ सय १३ करोड मूल्य बराबरको १ लाख ३४ हजार टन केरा निर्यात भएको थियो भने २०१९-२९ मा ६ सय ६० करोड मूल्य बराबरको १ लाख ९५ हजार टन केरा निर्यात गरिएको थियो। २०२०-२१(अप्रिल देखि फेब्रुअरी) सम्म ६ सय १९ करोड मूल्य बराबरको १ लाख ९१ हजार टन केरा निर्यात गरिएको छ।
देशको ७० प्रतिशत केरा उत्पादन आन्ध्र प्रदेश, गुजरात, तमिलनाडु, महाराष्ट्र, केरला, उत्तर प्रदेश, बिहार र मध्य प्रदेशमा हुने गर्छ।

कृषि र प्रसंस्कृत खाद्य उत्पाद निर्यात विकास प्राधिकरण (एपीईडीए) ले पूर्वाधार विकास, गुणस्तर विकास र बजार विकास जस्ता योजना अन्तर्गत निर्यातकर्तालाई सहयोग प्रदान गर्दै आएको छ। साथै यस प्राधिकरणले कृषि र प्रशोधन खाद्य उत्पादहरूको निर्यातलाई पनि प्रोत्साहन दिदै आएको छ।

मंगलबार एपेडाले बिहार सरकार, भारतीय उच्च आयोग र इन्भेस्ट इण्डियाको सहयोग मा बिहारको भागलपुरबाट बेलायत तर्फ (जीआई) प्रमाणित जरदालु आँप पनि निर्यात गरेको थियो। विशेष स्वाद र सुगन्ध भएको जरदालु आँपलाई २०१८ मा जीआई प्रमाणीकरण गरिएको थियो।

एपेडाले आँप निर्यातलाई बढावा दिन भर्चुअल ढाँचामा क्रेता-विक्रेता बैठक र उत्सवको आयोजना गरिरहेको छ। यसले भर्खरै भारतीय दूतावासको सहयोगमा जर्मनीको बर्लिन र जापानमा आँप महोत्सव को आयोजना गरेको थियो।