२०१६ देखि पेरिसमा प्रत्येक वर्ष आयोजित हूँदै आएको भिवाटेक यूरोपको सबै भन्दा ठूलो डिजिटल र स्टार्टअप कार्यक्रम मध्येको एक

प्रधानमन्त्री नरेन्द्र मोदीले जून १६ तारिख मा भिवाटेक २०२१ को ५ औं संस्करणमा मुख्य भाषण दिनु हुनेछ।

यूरोपको सबै भन्दा ठूलो डिजिटल र स्टार्टअप कार्यक्रम मध्येको एक कार्यक्रममा भारतीय प्रधानमन्त्रीलाई प्रमुख अतिथि को‌ रुपमा आमन्त्रित गरिएको छ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिका अनुसार कार्यक्रमका अन्य प्रमुख वक्ताहरुमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्यासन, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज र विभिन्न युरोपेली मुलुकका मन्त्री र सांसद सामेल छन्।

यो कार्यक्रम जूनको १६ देखि १९ तारिख सम्म आयोजना गरिनेछ। यस कार्यक्रम मा प्रमुख देशका नेता बाहेक एप्पलका सीईओ टिम कुक, फेसबुक का अध्यक्ष र सीईओ मार्क जुकरबर्ग र माइक्रोसफ्टका अध्यक्ष ब्रैड स्मिथ लगायत अन्य संगठन का नेताहरूको पनि सहभागिता हुनेछ।

२०१६ देखि भिवाटेक पेरिसमा आयोजित हुँदै आएको छ। यो कार्यक्रम एक प्रसिद्ध विज्ञापन र मार्केटिंग समूह पब्लिसिस ग्रुप र एक फ्रान्सेली मिडिया समूह लेस इकोस द्वारा संयुक्त रुपमा आयोजना गर्न लागिएको हो।

यस कार्यक्रम ले प्रविधि अन्वेषक र स्टार्टअप पारिस्थितिकी तन्त्र का सरोकारवालाहरूलाई एक साथ ल्याउँदछ। यस कार्यक्रम मा विभिन्न प्रदर्शनी, पुरस्कार, प्यानल छलफल र स्टार्टअप प्रतियोगिताहरू पनि आयोजना गरिन्छ।