जन थम्पसनद्वारा बेलायतमा आयोजित जी ७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामेल हुनु भएकोमा प्रसन्नता व्यक्त

बेलायतद्वारा भर्चुअल ढाँचामा आयोजित जी ७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामेल हुनु भएकोमा प्रसन्नता व्यक्त गर्दै भारतका कार्यवाहक बेलायती उच्चायुक्त जन थम्पसनले सोमबार बेलायत सीओपी २६ लगायत विश्वव्यापी मुद्दाहरूमा भारतसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

जन थम्पसनले भन्नु भयो, "बेलायत द्वारा भर्चुअल ढाँचामा आयोजना गरिएको जी ७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनु भएको मा हामी अत्यन्त खुशी छौं। प्रधानमन्त्री मोदी स्वास्थ्य, जलवायु र खुला समाज सम्बन्धि छलफल मा भाग लिनुभयो। भारतसँगै सबै सहभागी राष्ट्र ले खुला समाज वक्तव्यमा हस्ताक्षर गरेका छन्। यसले लोकतान्त्रिक मूल्यमा हाम्रो साझा विश्वासको पुष्टि गरेको छ।"

बैठकमा जी ७ राष्ट्र का नेताहरु ले विश्वव्यापी स्वास्थ्य सुधारको लागि ठोस कार्यवाही को आवश्यकता रहेको बताएका छन्। साथै भविष्यमा कोविड १९ महामारीले मच्चाएको विनाश फेरि दोहोरिन नदिने र यस्ता महामारी बाट कुनै आर्थिक र मानवीय क्षति हुन नदिन ठोस कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसका साथै थम्पसनले अर्को वर्षभित्र १० करोड कोविड १९ खोप उपलब्ध गराउने बेलायत को घोषणा पुनः दोहोर्याउनु भएको छ।

उनले अगाडि भन्नु भयो, " जी ७ नेताहरूले हरित आर्थिक विकास र वृद्धि, तथा विश्वलाई निष्पक्ष रुपमा समृद्ध बनाउन पूर्वाधार लगानीमा नयाँ साझेदारीको सुरुवात गरेका छन्।"

कार्यवाहक राजदूत ले थप भन्नु भयो," सीओपी २६ लगायत विश्वव्यापी मुद्दाहरूमा बेलायत भारतसँग मिलेर काम गर्ने छ।"

जी ७ नेताहरूले 'कार्बिस बे डिक्लेरेशन' मा पनि सहमति जनाएका छन्। उक्त विज्ञप्ति अनुसार भविष्यमा कोविड १९ महामारीले मच्चाएको वितण्डा फेरि दोहोरिन नदिने र यस्ता महामारी बाट कुनै आर्थिक र मानवीय क्षति हुन नदिन ठोस कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले जी ७ शिखर सम्मेलनमा 'बिल्डिंग ब्याक बेटर' विषयमा तीन सत्रमा कुरा गर्नु भयो। उनको यो चर्चा उनले आइतबार गर्नुभएको प्रेस वार्ता मा आधारित थियो। जहाँ उनले अझ राम्रो, बलियो, एक साथ, र हरित निर्माण सहित तीन व्यापक ट्र्याकमा बोल्नु भएको थियो।

आइतबार विदेश मन्त्रालय का एक वरिष्ठ अधिकारी ले बताउनु भए अनुसार ती तीन ट्रयाकमा विश्वव्यापी स्वास्थ्य, खोप र कोविड १९ बाट उठ्नु, पर्यावरण र जलवायु परिवर्तन, र खुला समाज र खुला अर्थव्यवस्था समावेश छन्।

उनले थप जानकारी दिनुभयो कि प्रधानमन्त्रीले खुला र लोकतान्त्रिक समाज मिलेर काम गर्नु पर्ने र आफ्ना स्थापित मूल्य र मान्यता को रक्षा गर्ने तथा बढ्दो चुनौती को‌ सामना गर्न एक अर्काको क्षमतालाई मजबूत बनाउनु पर्ने आवश्यकता मा जोड दिनुभएको छ।