नयाँ, स्वदेशी र नवीन प्रविधिको विकासको उद्देश्य

देशको रक्षा र अंतरिक्षयान प्रविधिमा आत्मनिर्भरता र स्वदेशीकरणलाई बढावा दिन केन्द्रीय सरकारले इनोवेशन फर डिफेन्स एक्सलेन्सी(आइडेक्स)-डिफेन्स इनोवेशन संगठन (डीआईओ)लाई ४९८.८ करोड को बजेट समर्थन प्रदान गरिने भएको छ ‌।

रक्षा मन्त्री राजनाथ सिंह ले ९ जून मा यस समर्थनलाई स्वीकृत गर्नुभएको थियो। यस बजेटले आगामी पाँच वर्ष लगभग ३०० स्टार्टअपहरू, मध्यम, लघु र साना उधमी(एमएसएमइ), व्यक्तिगत अन्वेषक र २० साझेदारलाई डीआईओको पूर्वाधार अनुसार आर्थिक सहयोग प्रदान गर्नेछ।

रक्षा मन्त्रालयले आइतबार यस योजना को उद्देश्य भारतीय रक्षा र अंतरिक्षयान प्रविधिको आवश्यकताको कम समयमा पूर्ति गर्न सक्षम बनाउन नवीनतम, स्वदेशी र नँया प्रविधि को द्रुत विकास गर्नु रहेको बताएको छ।

रक्षा मन्त्रालयल का अनुसार, "यस सहयोग ले रक्षा आवश्यकता सम्बन्धी भारतीय नवाचार पारिस्थितिकी तन्त्र मा बढ्दो जागरुकता को समर्थन गर्ने छ र भारतीय रक्षा प्रतिष्ठान मा भारतीय नवाचार पारिस्थितिकी तन्त्र को आवश्यकता पूर्ति गर्न अभिनव समाधान पनि प्रदान गर्ने छ।"

रक्षा उत्पादन विभाग (डीडीपी) द्वारा आईडीएक्स ढाँचाको निर्माण र डिआइओको स्थापनाको उद्देश्य एमएसएमई, स्टार्ट-अपहरू, व्यक्तिगत अन्वेषक, अनुसन्धान तथा विकास लगायतका उद्योगहरूलाई समावेश गरी रक्षा र अंतरिक्षयान प्रविधिमा नवीन प्रविधि को विकास मात्र गर्नु नभएर भविष्यमा स्वदेशी उत्पादन र प्रयास मा रक्षा तथा अनुसन्धान आवश्यकता पूरा गर्नु पनि हो।

योजना कार्यप्रणाली बारे व्याख्या गर्दै मन्त्रालयले भने कि डीआईओले भारतीय रक्षा उत्पादन उद्योगसँग अन्तरक्रिया गर्न आफ्नो टीम र अन्वेषकलाई दक्ष बनाउने छ। यसको दीर्घकालीन प्रभाव भनेको एक संस्कृतिको स्थापना हो। जहाँ भारतीय सेनाद्वारा नव अन्वेषक को प्रयासलाई बराबार सूचीबद्ध गरिन्छ।

उक्त कदमले रक्षा र अंतरिक्षयान प्रविधिका लागि‌ नँया स्टार्टअप सँग सहकार्य र सह निर्माण गर्न प्रोत्साहन गर्दछ। साथै रक्षा र अंतरिक्षयान प्रविधि क्षेत्र मा प्रविधि सह-निर्माण र सह-नवाचार को संस्कृति सशक्त गर्दछ र नँया स्टार्टअप का नव विचारलाई प्रोत्साहित र पारिस्थितिकी तन्त्र को‌ हिस्सा बनन पनि अग्रसर गर्दछ‌।

पार्टनर इनक्यूबेटर (पीआई) को रूपमा आईडीएक्स नेटवर्क स्थापना र प्रबन्ध गर्न डीडीपीले डीआईओलाई रकम जारी गर्नेछ। रक्षा र अंतरिक्षयान प्रविधिका आवश्यकता सम्बोधन गर्न विज्ञान र प्रविधि विभागको पीआई को माध्यम बाट एमएसएमईहरूको नवीन / स्टार्ट-अप / प्रविधि केन्द्रहरूसँग कुराकानी सम्भव गर्दछ। सम्भावित टेक्नोलोजीहरू र निकायहरूलाई विशेषता का आधारमा छान्न चुनौतिहरू / हैकाथनहरूको आयोजना गर्ने र रक्षा र अंतरिक्षयान प्रविधि सेटअपमा उनको उपयोगिता र प्रभाव को संदर्भ मा नव अन्वेषक/स्टार्ट अप द्वारा विकसित टेक्नोलोजीहरू र उत्पादनहरूको मूल्यांकन गर्दछ।

मन्त्रालयका अनुसार अन्य क्रियाकलाप अन्तर्गत उद्देश्य परिपूर्तिका लागि समर्पित इनोवेशन कोष को उपयोग गरी पायलटहरूलाई सक्षम र आर्थिक सहयोग प्रदान गर्ने, प्रमुख नव अन्वेषक का लागि सशस्त्र बलका शीर्ष अधिकारीहरू सँग बातचीत र उपयुक्त सहायताको साथ रक्षा प्रतिष्ठान मा तिनलाई अपनाउन प्रोत्साहन गर्ने, सफलतापूर्वक प्रायोगिक प्रविधि को लागि विनिर्माण सुविधाहरूमा स्वदेशीकरण र एकीकरणको सुविधा प्रदान गर्ने र देशभर आउटरीच गतिविधिहरू व्यवस्थित गर्ने समावेश गरिएका छन्।