कोविड १९ को समयमा पनि दुबै पक्षले द्विपक्षीय सहयोग निरन्तर कायम गरेका छन्।

श्रीलंकामा भारतीय उच्चायुक्त गोपाल बाग्लेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेसँग भेट गरे र द्विपक्षीय सम्बन्ध बढाउने तरिकाहरूबारे छलफल गरे।

दुवै नेताले आर्थिक लगानी र वित्तीय सहयोगको क्षेत्र सहित द्विपक्षीय विषयमा विस्तृत छलफल गरे।

भारत र श्रीलंका व्यापार र लगानीमा महत्वपूर्ण साझेदार हुन्। २०१५-१७ मा श्रीलंकामा भारतको निर्यात ५.३ अरब अमेरिकी डलर रहेको थियो भने आयात ७४.३ करोड अमेरिकी डलर रहेको थियो।

मार्च २००० मा लागू भएको भारत- श्रीलंका स्वतन्त्र व्यापार सम्झौता पछि दुई देशबीचको व्यापार द्रुत गतिमा बढेको छ।

यसका साथै दुबै पक्षको सम्बन्ध इतिहास, संस्कृति र मानिसहरू बीचको सम्बन्धमा आधारित छ। पछिल्ला वर्षहरूमा दुबै पक्षबाट नियमित द्विपक्षीय भ्रमणका साथ सम्बन्धलाई विस्तार गरिएको छ।

कोविड १९ को समयमा पनि दुबै पक्षले भर्चुअल बैठकबाट द्विपक्षीय सहयोग कायम गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्चमा श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्षे सँग फोनमा कुरा गरे। नेताहरूले द्विपक्षीय र बहुपक्षीय फोरममा सामयिक घटनाक्रम र दुवै देशबीच भइरहेको सहयोगको समीक्षा गरे।

दुबै नेताहरूले जारी कोविड १८ चुनौतिहरूका सन्दर्भमा संबंधित अधिकारीहरू बीच नियमित सम्पर्क कायम गर्न सहमत भए। भारतीय प्रधानमन्त्रीले भारतको नेबरहुड प्रथम नीतिमा श्रीलंकाको महत्त्व दोहोर्याए।

फेब्रुअरीमा, महामारीको दोस्रो लहर भारतमा आउनु अघि, श्रीलंकाका प्रधानमन्त्री राजपक्षेले भारतको पाँच दिवसीय भ्रमण गरेका थिए जसमा उनले द्विपक्षीय सम्बन्धलाई बढावा दिनका लागि प्रधानमन्त्री मोदीसँग वार्ता गरेका थिए।

बैठकमा श्रीलंकामा तमिल समुदायको आकांक्षा पूरा गर्ने, हिन्द महासागर क्षेत्रको अवस्था, रक्षा र व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्ने लगायतका विषयमा छलफल भएको थियो।

श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्षे शीर्ष कार्यालयको पदभार सम्हाले पछि आफ्नो पहिलो आधिकारिक विदेश भ्रमणका लागि गत वर्ष नोभेम्बरमा भारत आएका थिए।