अस्पतालमा १२५ आईसीयू बेड र लिक्विड मेडिकल ऑक्सीजन ट्यांक छन्।

आईसीयू सुविधा सहित ५०० शैय्या डीआरडीओ कोविड अस्पताल श्रीनगरमा सञ्चालन मा आएको छ। जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले बुधवार यस स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरे।

श्रीनगरको खोनमोह क्षेत्रमा १७ दिनमा निर्माण गरिएको यस अस्पतालमा १२५ आईसीयू बेड र उच्च प्रवाह अक्सिजन पाइपलाइन जडान गरिएका ३७५ बेड रहेका छन्।

केन्द्रीय वातानुकूलित डीआरडीओ अस्पतालमा रहेका १२५ आईसीयू बेडहरू मध्येे २५ बेड बालबालिका का लागि आरक्षित छन्। एलजी कार्यालयले ट्वीटरमा सबै आवश्यक आधुनिक सुविधा सहित १०० वर्गमीटरमा १० शैय्या भएको ट्राएज क्षेत्र पनि निर्माण गरिएको जानकारी दिएको छ ‌।

डीआरडीओ अधिकारीका अनुसार अस्पतालमा लिक्विड मेडिकल ऑक्सीजन (एलएमओ) ट्यांक पनि छन्।

गत हप्ता, प्रधानमन्त्री केयर्सको आर्थिक सहयोग मा ५०० शैय्या को डीआरडीओ कोविड अस्पताल जम्मूमा सञ्चालन मा आएको थियो।भगवती नगरमा स्थापित सो स्वास्थ्य केन्द्र मा भेन्टिलेटर जडान गरिएका १२५ आईसीयू बेड छन्।

"डीआरडीओले # कोविड १९ बिरूद्ध भारतको लडाईमा महत्वपूर्ण भूमिका खेलेको छ। जम्मूमा ५०० शैय्या को कोविड अस्पताल निर्माण पछि श्रीनगरमा पनि १७ दिनमा निर्माण सम्पन्न गरिएको ५०० शैय्याको कोविड अस्पताल आज सञ्चालन मा आएको छ।" जम्मू कश्मीरका एलजी सिन्हाले भने।

"हामीले आईसीयू र अक्सिजन समर्थित बेडको विस्तार, पूर्व चिकित्सा र नँया योग्य स्टाफको तैनाती, पञ्चायत कोविड केयर सेन्टर र त्वरित खोप अभियानको माध्यमबाट स्वास्थ्य प्रणालीको विकेन्द्रीकरण जस्ता धेरै स्वास्थ्य सुविधा कार्यान्वयनका लागि रणनीति बनाएका छौं।"अस्पतालको उद्घाटन पछि उनको कार्यालयले एलजी सिन्हालाई उद्धृत गर्दै जानकारी दिएको छ।

एलजी सिन्हाले भने कि जम्मू-कश्मीरमा अहिले कोविड १९ र अन्य बिरामीहरूको उपचार गर्ने क्षमता वृद्धि भएको छ। यो सब को कारण यी सबै विभिन्न कार्यान्वयन को गतिशील प्रभाव मूल्यांकन र महामारीको प्रतिक्रियामा अस्पतालको क्षमता बढाउन समयसापेक्ष लिइएको निर्णय हुन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधवार बिहानसम्म जम्मू कश्मीरको केन्द्र शासित प्रदेशमा कोविड १९ को २१,८१७ सक्रिय केस देखिएका छन्। यस क्षेत्रमा ४१०१ जनाको संक्रमण का कारण मृत्यु भएको छ।

डीआरडीओले दिल्ली, अहमदाबाद, लखनऊ, वाराणसी, गांधी नगर, हल्द्वानी र ऋषिकेश जस्ता शहरमा पनि कोविड १९ उपचार को लागि अस्पताल निर्माण गरेका छन्।