गत २४ घंटामा भारतमा १ लाख भन्दा बढी दैनिक सक्रिय केस दर्ता गरिएको छ। यो तथ्याङ्क पछिल्लो दुई महिनाको सब भन्दा कम तथ्यांक हो।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा १,००,६३६ नयाँ संक्रमित थपिएका छन्।

लगातार ११ दिन मुलुकमा २ लाख भन्दा कम दैनिक नयाँ संक्रमित संख्या रेकर्ड गरिएको छ।

"यो केन्द्र र राज्य / केन्द्र शासित प्रदेशहरुको "पूर्ण सरकारी दृष्टिकोण"को अनुसरण र दिगो सहयोग र ऐक्यबद्धता को परिणाम हो।" स्वास्थ्य मन्त्रालयले भने।

भारतमा सक्रिय केसहरूमा निरन्तर गिरावट आएको छ। देशको सक्रिय केसलोड दोस्रो दिन पनि १५ लाख भन्दा कम मा कायम छ। अहिले सक्रिय केसलोड १४,०१,६०९ मा रहेको छ। लगातार ७ दिन केसलोड २० लाख भन्दा कम मा कायम रहेको छ।

गत २४ घण्टामा कूल ७६,१९० ले गिरावट आएर सक्रीय केस अहिले देशको कुल सकारात्मक केसको ४.८५% मा‌ कायम रहेको छ।

लगातार २५ दिन पनि देशमा संक्रमण हुने भन्दा पनि संक्रमण मुक्त हुने संख्या बढी रहेको छ। गत २४ घंटामा १,७४,३९९ जना संक्रमण मुक्त भए।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घंटामा संक्रमण मुक्त संख्या नँया संक्रमित संख्या भन्दा ७३,७६३ ले बढी देखिएको छ।

महामारी को सुरुवात देखि संक्रमित व्यक्तिहरूमध्ये २,७१,५९,१८० जना व्यक्ति संक्रमण मुक्त भइसकेका छन्। तथापि संक्रमण मुक्त दर ९३.९४% पुगेको छ र अझै वृद्धि हुने क्रम जारी रहने देखाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घंटामा १५,८७,५८९ परीक्षण गरीएको थियो र हालसम्म ३६.६ करोड भन्दा बढी (३६,६३,३४,१११) परीक्षण भइसकेको छ।

जहाँ एकतर्फ देशभर परीक्षण बढाइएको छ, अर्कोतिर सकारात्मकतामा दरमा पनि लगातार गिरावट आएको छ। दैनिक सकारात्मकता दर आज ६.३४% मा रहेको छ। लगातार १४ दिन यो दर १०% भन्दा कम मा कायम रहेको छ।

देशव्यापी खोप अभियान अन्तर्गत हालसम्म २३.२७ करोड खोप खुराक दिइएको छ।

बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार ३२,६८,९६९ सत्र मार्फत २३,२७,८६,४८२ खोप खुराक दिइएको छ।