लगातार २४ दिन पनि भारतमा दैनिक नँया कोविड संक्रमित संख्या भन्दा दैनिक संक्रमण मुक्त हुने संख्या बढी।

गत २४ घण्टामा भारतमा १,१४,४६० नँया कोविड संक्रमित संख्या दर्ता भएका छन्। यो संख्या दुई महिनामा रेकर्ड गरिएको सबभन्दा कम संख्या हो।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार बिहान नवीनतम आधिकारिक तथ्यांक जारी गर्दै लगातार १० दिन दैनिक २ लाख भन्दा कम नयाँ कोविड संक्रमित संख्या दर्ता गरिएको बताएको छ।

निरन्तर प्रवृत्तिलाई ध्यानमा राख्दा, देशको सक्रिय केसलोड १५ लाख भन्दा तल झरेको छ र आज १४,७७,७९९ मा कायम रहेको छ। लगातार ६ दिन सम्म केसलोड २० लाख भन्दा कम भएको छ।

गत २४ घण्टामा ७७,४४९ ले गिरावट आएको छ भने सक्रिय केसहरू देशको कुल सकारात्मक केसको ५.१३% ओगटेको छ।

लगातार २४ दिन पनि भारतमा दैनिक नँया कोविड संक्रमित संख्या भन्दा दैनिक संक्रमण मुक्त हुने संख्या बढी रहेको छ। गत २४ घण्टामा १,८९,२३२ जना संक्रमण मुक्त भएका छन्। नँया कोविड संक्रमित संख्या भन्दा संक्रमण मुक्त संख्या ७४,७७२ ले बढी छ।

स्वास्थ्य मन्त्रालयले भने यो "केन्द्र र राज्य / केन्द्र शासित प्रदेशहरुको सहयोगी र दिगो प्रयासको परिणाम हो"।

यसै बीच, देशभर मा गत २४ घण्टामा कूल २०,३६,३११ परीक्षण गरिएको छ। हालसम्म भारतले ३६.४ करोड भन्दा बढी (३६,४७,४६,५२२) परीक्षण गरिसकेको छ।

साप्ताहिक सकरात्मक दर पनि घट्दै जाने क्रममा रहेको छ। हाल यो दर ६.६४% मा‌ रहेको छ भने दैनिक सकारात्मकता दर आज ५.६२% मा‌ रहेको छ। यो लगातार १३ दिन १०% भन्दा कम मा कायम रहेको छ।

अर्को महत्त्वपूर्ण उल्लेखनीय कुरा के हो भने देशमा हालसम्म २३ करोड भन्दा बढी खोप लगाइएको छ।

पछिल्लो २४ घण्टामा ३३,५३,५३९ खोप खुराकहरू दिइएको थियो।

अस्थायी प्रतिवेदन अनुसार आज बिहान ७ बजेसम्म कुल २३,१३,२२,४१७ खोप खुराक दिइएको छ।