यसैबीच भारतले पछिल्लो २४ घण्टामा १,३४,१५४ नँया संक्रमित केस दर्ता गरेको छ।

पछिल्ला केही दिनहरूमा देखिएको सकारात्मक प्रवृत्तिको निरन्तरता स्वरुप भारतको कोविड १९ संक्रमण मुक्त दर ९२.७८ प्रतिशत पुगेको छ।

भारतको दैनिक संक्रमण मुक्त संख्या लगातार २१ औं दिन पनि दैनिक नयाँ संक्रमित संख्या भन्दा बढी देखिएको छ। पछिल्लो २४ घण्टामा २,११,४९९ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा दैनिक नयाँ संक्रमित को तुलनामा ७७,३४५ बढी संक्रमण मुक्त भएका छन्।

महामारीको सुरुदेखि हालसम्म संक्रमित व्यक्तिहरूमध्ये २,६३,९०,५८४ जना संक्रमण मुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा २,११,४९९ जना संक्रमण मुक्त भएका छन्।

यसैबीच भारतले पछिल्लो २४ घण्टामा १,३४,१५४ नँया संक्रमित केस दर्ता गरेको छ। लगातार ७ दिन देशमा २ लाख भन्दा कम दैनिक नयाँ संक्रमित संख्या दर्ता गरिएको छ।

"यो केन्द्र र राज्य / केन्द्र शासित प्रदेशहरुको एकजुटता र सहयोगी प्रयासको परिणाम हो," स्वास्थ्य मन्त्रालयले भने।

भारत सक्रिय केसलोडमा पनि लगातार गिरावट आएको छ। पछिल्लो २४ घंटामा १७,१३,४१३ सक्रिय केसहरू दर्ता गरिएको छ।

गत २४ घण्टामा ८०,२३२ गिरावट देखिएको छ भने सक्रिय केसहरू अब देशको कुल सकारात्मक केसमध्ये ६.०२% रहेको छ।

गत २४ घण्टामा कूल २१,५९,८७३ परीक्षण गरियो भने समग्र भारतले ३५.३ करोड(३५,३७,८२,६४८) परीक्षण गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयले देशभर एकतर्फ परीक्षण बढाइएको छ भने अर्कोतिर साप्ताहिक सकारात्मकता दरमा पनि लगातार गिरावट आएको बताएको छ ‌‌।

साप्ताहिक सकारात्मकता दर हाल ७.६६% मा कायम रहेको छ भने दैनिक सकारात्मकता दर हाल घटेर ६.२१% मा कायम छ। लगातार १० दिन यो तथ्याङ्क १०% भन्दा कम‌ रहेको छ।

यसबाहेक, देशभरि सञ्चालन मा आएको राष्ट्रव्यापी खोप अभियान अन्तर्गत बिहिबार सम्म देशभर २२.१० करोड खोप खुराक दिसकेको छ।

बिहान ७ बजेसम्मको अस्थायी रिपोर्ट अनुसार ३१,२४,९८१ सत्र मार्फत २२,१०,४३,६९३ खोप खुराक दिइएको छ।