क्यानेडाली सरकारले भारतलाई भेन्टिलेटर र चिकित्सकीय सामग्री को साथ सहयोग पुर्‍याउन १ करोड डलरको योगदान दिएको छ।

कोविड १९ महामारीको दोस्रो लहर को सामना गरिरहेको भारतसँग ऐक्यबद्धता जनाउँदै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले सोमबार क्यानाडाली नागरिक लाई भारतलाई सहयोग गर्न प्रोत्साहित गरेका छन्।

क्यानाडाले पनि कोविड १९ सँग संघर्ष गरिरहेको बेला ट्रूडोले भने कि क्यानेडालीहरूले केवल आफ्नो हितको बारे मात्र नभएर बढी जोखिममा परेका राष्ट्रका बारे पनि सोच्नु पर्छ। जे जति सकिन्छ आफ्नो सामर्थ्य ले भ्याएसम्म सीमा पार पनि सहयोग र सहकार्य गर्न जरुरी छ। उनले इटी क्यानडासँगको अन्तर्वार्तामा भने।

"हाम्रो आफ्नै देशका केही भाग मा पनि हामी ले विभित चुनौती का सामना गरिरहेका छौं। हामीले चाहेको भन्दा धेरै केस-लोडहरु देखा परेका छन्, आईसीयूमा बेड भरिंदैछ। तापनि हामीसँग संसारभरका मानिसहरूलाई मद्दत गर्न केही मार्ग र विकल्प अझै पनि छन्।' ट्रूडोले भने।

अक्सिजन आपूर्तिमा कमी आएको कारण मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका बेला उनको दिमागमा के थियो भनेर सोध्दा उनले भने, “यो केवल हृदय विदारक हो। कोही पनि केवल डरलाग्दो छविहरू र त्रासदीहरू हेर्न चाँहदैनन्। आफ्ना प्रियजनहरू र परिवारका सदस्यहरूबाट यस्ता हृदय विदारक घटना बारे सुन्न चाहँदैनौ।"

यस कठिन समयमा भारतलाई क्यानाडा सरकारले सहयोग पुर्‍याउन चालेका कदमबारे जानकारी दिदैं उनले भने कि क्यानेडाली सरकारले भारतलाई उपचार र भेन्टिलेटर मा सहयोग पुर्‍याउन १ करोड डलर सहयोग गरेको छ।

“हामीले १० मिलियन डलर को साथ कदमको सुरुवात गरेका छौं। हामीले चिकित्सा सामग्री, भेंटिलेटरहरू र उपकरणको ढुवानी भारतमा पठाएका छौं किनभने हामीलाई थाहा छ यो निकै विनाशकारी अवस्था हो। तर हामीलाई यो पनि थाहा छ कि संसारका सम्पूर्ण मुलुकबाट यस महामारीको अन्त्य नभएसम्म यो कहीं पनि अन्त्य हुने वाला छैन।"

२०२० मा आफ्नी श्रीमती सोफी ग्रिगोयर ट्रूडो पनि यस भाइरसबाट संक्रमित भइसकेको र त्यस कठिन घडीमा यो अवस्था "वास्तवमै वास्तविक" लागेको ट्रुडोले आफ्नो अनुभव सुनाए।

हालसालै कोविड १९ भ्याक्सिनको पहिलो डोज प्राप्त गरेपछि प्रधानमन्त्रीले "आफूलाई अचम्मको अनुभूति भएको" र पहिलो पटक उनले अब हामी सामान्य अवस्थामा फर्कदै गरेको अनुभूति भएको जिकिर गरे। उनले सम्पूर्ण क्यानाडालीहरूलाई पनि त्यस्तै गर्न प्रोत्साहित गरेका छन्।