भारतमा लगातार १८ दिन नँँया कोविड १९ संक्रमित संख्या भन्दा संक्रमण मुक्त संख्या बढी देखिएको छ।

पछिल्लो ५० दिनमा भारतमा सबैभन्दा कम दैनिक नयाँ कोविड १९ संक्रमण रिपोर्ट गरिएको छ।

पछिल्लो २४ घण्टामा कोविड १९ को १,५२,७३४ नँया संक्रमित केस दर्ता गरिएको छ। लगातार चार दिन भारतमा २ लाख भन्दा कम दैनिक नयाँ संक्रमित केस दर्ता गरिएको छ।

सोमबार बिहान पछिल्लो तथ्यांक जारी गर्दै केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सक्रिय केसलोडमा पनि लगातार गिरावट जारी रहेको जानकारी दिएको छ।

भारतको सक्रिय केसलोड २०,२६,०९२ मा झरेको छ। पछिल्लो २४ घंटामा कुल ८८,४१६ गिरावट देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय केसहरू अहिले देशको कुल सकरात्मक केसको ७.२२% मात्र रहेका छन्।

भारतमा लगातार १८ दिन नँँया कोविड १९ संक्रमित संख्या भन्दा संक्रमण मुक्त संख्या बढी देखिएको छ।

आधिकारिक डाटाका अनुसार पछिल्लो २४ घंटामा २,३८,०२२ जना संक्रमण मुक्त भएका छन्। दैनिक नँया कोविड संक्रमण संख्या को तुलनामा संक्रमण मुक्त संख्या ८५,२८८ ले बढी छ।

महामारीको सुरुदेखि नै संक्रमित मानिसहरू मध्ये २,५६,९२,३४२ जना कोविड संक्रमण बाट मुक्त भइसकेका छन्। यसका साथै देशको कुल संक्रमण मुक्त दर ९१.०६% मा‌ कायम भएको छ।

यसैबीच, पछिल्लो २४ घंटामा १६,८३,१३५ परीक्षणहरू गरिएका छन्। समग्रमा अहिले सम्म भारतले ३४.४८ करोड परीक्षण गरिसकेको छ।

निरन्तर गिरावटको साथ, साप्ताहिक सकारात्मकता दर हाल ९.०५% रहेको छ; दैनिक सकारात्मकता दर पनि कम भएको छ र आज ९.०७% रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार लगातार सात दिन यो दर १०% भन्दा पनि कम रहेको छ।

राष्ट्रव्यापी खोप अभियानको कुरा गर्ने हो भने समग्र रुपमा दिइएको कोविड १९ खोप खुराक संख्या २१.३१ करोड नाघेको छ।

सोमबार बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार ३०,२८,२९५ सत्र मार्फत २१,३१,५४,१२९ खोप खुराक दिइएको छ।