लगातार ६ दिन दैनिक सकारात्मकता दर १०% भन्दा कम दर्ता गरिएको छ।

पछिल्लो २४ घण्टामा कोविड १९ को १,६५,५५३ नँया संक्रमित केस दर्ता गरिएको छ। लगातार तीन दिन भारतमा २ लाख भन्दा कम दैनिक नयाँ संक्रमित केस दर्ता गरिएको छ।

आइतवार बिहान स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार लगातार १७ दिन नँँया कोविड १९ संक्रमित संख्या भन्दा संक्रमण मुक्त संख्या बढी देखिएको छ। पछिल्लो २४ घंटामा २,७६,३०९ जना संक्रमण मुक्त भए।

यसैसँग, सक्रिय केसलोड २१,१४,५०८ मा घटेको छ र अब देशको कुल सकारात्मक केसको ७.५८% रहेको छ।

महामारीको सुरुदेखि नै संक्रमित मानिसहरू मध्ये २,५४,५४,३२० जना कोविड संक्रमण बाट मुक्त भइसकेका छन्। पछिल्लो २४ घंटामा २,७६,३०९ जना संक्रमण मुक्त भएका छन्। यसका साथै देशको कुल संक्रमण मुक्त दर ९१.२५% मा कायम भएको छ।

यसैबीच, पछिल्लो २४ घंटामा २०,६३,८३९ परीक्षणहरू गरिएका छन्। समग्रमा अहिले सम्म भारतले ३४.३१ करोड परीक्षण गरिसकेको छ।

"एकतर्फी देशभरि परीक्षण सुधार गरिएको छ भने अर्कोतिर साप्ताहिक सकारात्मकता दरमा पनि लगातार गिरावट देखिएको छ," स्वास्थ्य मन्त्रालयले भने।

साप्ताहिक सकारात्मकता दर हाल ९.३६% मा कायम छ भने दैनिक सकारात्मकता दर पनि घटेर ८.०२% मा‌ कायम भएको छ। लगातार ६ दिन दैनिक सकारात्मकता दर १०% भन्दा कम दर्ता गरिएको छ।

राष्ट्रव्यापी खोप अभियानको कुरा गर्ने हो भने समग्र रुपमा दिइएको कोविड १९ खोप खुराक संख्या २१.२० करोड नाघेको छ।

आइतबार बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार ३०,०७,८३१ सत्र मार्फत २१,२०,६६,६१४ खोप खुराक दिइएको छ। पछिल्लो २४ घंटामा ३०.३५ लाख(३०,३५,७४९) खोप खुराक दिइएको छ।