कयाकिंग, कैनोइंग र रोइंगलाई मिलाएर ओलंपिक मा कुल ६३ पदक छन्।

जम्मू कश्मीरका खेलाडीहरूको प्रदर्शनलाई सुदृढ पार्न युवा मामिला तथा खेल मन्त्रालयले श्रीनगरको खेलो इंडिया स्टेट सेंटर ऑफ एक्सीलेंस (केआईएससीई) मा जल खेल कयाकिंग र कैनोइंग लाई समावेश गर्ने निर्णय गरेको छ।

जम्मू कश्मीर खेलकुद परिषद र राज्य सरकारले यी खेलकुद विषयहरू जोड्नको लागि अनुरोध सुरु गरेको थियो। केआईएससीईलाई यस वर्ष अप्रिलमा राज्यको विद्यमान जम्मू-कश्मीर पानी स्पोर्ट एकेडेमीमा पुन: सुधार सुविधाहरू पछि सुरू गरिएको थियो। यसमा पहिले केवल रोइंग को लागि प्रशिक्षण सुविधा थियो।

यो निर्णयको बारेमा बोल्दै केन्द्रीय युवा मामिला तथा खेल मन्त्री किरेन रिजिजुले भने, “कायाकिंग र क्यानोइंग मा राज्यका खेलाडीहरूको प्रदर्शन विश्व च्याम्पियनशिप र एशियाई च्याम्पियनशिप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली छन्। श्रीनगरमा केआईएससीईले राज्यका अधिक खेल प्रतिभाले खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्न र विश्व स्तरीय प्रतिस्पर्धामा भारतको प्रतिनिधित्व गर्ने अवसर पाउन् भनेर दुईवटा विषयका लागि प्रशिक्षण सुविधाहरू लैजाने निर्णय गरेको छ।”

भारतीय खेल प्राधिकरण र जम्मू कश्मीरको स्पोर्ट्स काउन्सिलले प्रशिक्षक र उपकरण समर्थन थप्नका लागि र दुई विषयहरूमा प्रशिक्षण लागू गर्ने आवश्यकताहरूको मूल्याङ्कन गर्नेछ।

उक्त निर्णय को महत्त्व बारेमा बताउँदै जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले भने, "हामी श्रीनगरमा बढी भन्दा बढी खेलाडीहरूलाई तालिम दिन खेलो भारत राज्य केन्द्र उत्कृष्टताको अधिकतम उपयोग सुनिश्चित गर्न चाहन्छौं। यी दुई खेलकुद विषयहरू थप्नाले अधिक सहभागिताको लागि प्रोत्साहित गर्ने छ र अन्य राज्यहरूबाट पनि खेल प्रतिभालाई यहाँ प्रशिक्षणको लागि आकर्षित गर्दछ। खेलकुद मन्त्रालय र राज्य सरकारले यो सम्भव तुल्याउन मिलेर काम गरेकोमा म खुसी छु।"
यस प्रयासलाई वरिष्ठ खेलाडीहरू र खेल प्रशासकहरूले पनि स्वागत गरेका छन्।

भारतीय कायाकिंग र क्यानोइंग एसोसिएशनका महासचिव प्रशांत खुशवाहाले भने, "हामी यस निर्णयका लागि केन्द्रलाई धन्यबाद दिन्छौं।कयाकिंग, कैनोइंग र रोइंगलाई मिलाएर ओलंपिक मा कुल ६३ पदक छन्। यदि हामी यी विषयहरूमा युवाहरूलाई प्रशिक्षण प्रदान गर्न सक्दछौं भने ओलम्पिकमा भारतीय खेलाडी को पदकको लागि दौड उल्लेखनीय रूपमा बढ्न सक्छ। यी खेलकुदका उपकरणहरू धेरै महँगो हुने भएकाले खेलो इंडिया योजना मार्फत सहयोग पुर्‍याउनु वास्तवमै फाइदाजनक हुनेछ। साथै, कश्मीर एकेडेमीका लागि रणनीतिक स्थान हो किनभने मौसम यूरोपियन देशहरूसँग मिल्दछ जहाँ प्रायः यस्ता प्रतियोगिताहरूको आयोजना गरिन्छ। यो भारतमा जल खेल सुधार गर्ने दिशामा चालिएको ठूलो कदम हो। ”

राज्यका अन्तर्राष्ट्रिय-स्तर कायक, बिलियन मिरले भने "श्रीनगरमा खेलो भारत राज्य केन्द्र उत्कृष्टताको ऐतिहासिक महत्व छ। म २१ वर्ष देखि जल खेल सँग आवद्ध छु।‌‌‌ राज्य ले‌ यस खेल प्रतियोगिता को लागि यत्रो ठूलो कदम चालेको यो पहिलो पटक हो। २००९ मा मैले विश्वकपमा प्रतिस्पर्धा गरे र सेमिफाइनलमा पुंगे।यदि हामीसँग त्यतिबेला यस्ता सुविधा र प्रशिक्षण भएको‌ भए हामी पक्कै पनि फाइनलमा पनि पुग्न सक्थ्यौं। केआईएससीईको शुरुवात र कायाकिंग र क्यानोइंगको समावेशीकरणले नँया खेलाडीलाई प्रोत्साहन दिनेछ। मलाई विश्वास छ कि आउने वर्ष मा ओलम्पिक मा हामी फाइनलमा मात्र पुग्ने होइन बल्कि मेडल पनि जित्न सफल हुनेछौं। म केन्द्र र राज्यलाई यस पहलको लागि धन्यवाद दिन्छु। "