सेना प्रमुखले सेनालाई सतर्क रहन र एलएसीको गतिविधिमा नजर राख्न आग्रह गरे।

भारतीय सेना प्रमुख जनरल एमएम नरभानेले शुक्रबार अरुणाचल प्रदेशको उत्तरी सिमाना र उत्तर पूर्वको सुरक्षा स्थितिको परिचालन तैयारी र समीक्षाको लागि गरेको दुईदिने भ्रमण समाप्त गर्नुभयो।

बिहीबार दिमापुर स्थित कोर मुख्यालय आइपुगेपछि सेना प्रमुखलाई लेफ्टिनेन्ट जनरल जोसनसन म्याथ्यु, जनरल अफिसर कमाण्डिंग स्पियर कोर्प्स र डिभिजन कमाण्डरहरूले विद्यमान अवस्था र उत्तरी सिमानामा परिचालन तयारीको बारेमा जानकारी गराए।

उनले उत्कृष्ट निगरानी कायम गर्नका लागि सबै तहका सेना, जवान र अफिसरहरुलाई बधाई दिए र सतर्क रहन र एलएसीका गतिविधिहरुमा नजर राखी रहन आग्रह गरे।

सेना प्रमुखले यसपछि उत्तर पूर्वीको सीमावर्ती इलाकामा र भारत म्यानमार सीमाको सुरक्षा स्थितिको शुक्रवार समीक्षा गरे।

"आफ्नो भ्रमणको दोस्रो दिन, जनरल एमएम नरभाने #सीओएएस ले उत्तर पूर्वको दुर्गम इलाका र # भारत # म्यानमार सीमाको सुरक्षा अवस्थाको समीक्षा गरे। #सीओएएसले सबै सैन्य जवानलाई समान जोस र उत्साहका साथ कार्य गरिरहन आग्रह गरेे, ”अतिरिक्त महानिर्देशक सूचना जेनरल, एमओडी(सेेेना) का आइएचक्यूले ट्वीटरमा जानकारी दिए।

सेना प्रमुख आज नयाँ दिल्ली फर्कने छन्।