पछिल्लो २४ घण्टामा २,८१,३८६ नँया कोविड संक्रमित केस दर्ता गरिएको छ।

भारतले २६ दिन पछि ३ लाख भन्दा कम दैनिक सक्रिय केसहरू दर्ता गरेको छ जुन पक्कै पनि उत्साह जनक खबर हो।

साप्ताहिक सकारात्मक दरमा पनि कमी आएको छ जुन अहिले १८.१७% मा‌ कायम छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा १५,७३,५१५ परीक्षण गरिएको छ। हालसम्म जम्मा ३१,६४,२३,६५८ परीक्षणहरू भइसकेको छ।

राज्यको हिसाबले उच्च सकारात्मकता दर भएका जिल्लाहरूको संख्या तल देखाइएको छ। जसमा कर्नाटकमा सब भन्दा बढी जिल्ला(२७) प्रभावित भएका छन् भने सकरात्मक दर २० प्रतिशत भन्दा बढी रहेको छ। त्यस्तै मध्य प्रदेश मा सब भन्दा बढी जिल्ला (३८) प्रभावित भएका छन् र सकरात्मक दर १० प्रतिशत भन्दा बढी रहेको छ।

भारतमा कुल २,११,७४,०७६ संक्रमित ठिक भइसकेका छन्। राष्ट्रिय रिकभरी दर ८४.८१% रहेको छ।

पछिल्लो २४ घण्टामा ३,७८,७४१ मानिस संक्रमण मुक्त भएका छन्।

साथै, २४-घण्टा मा संक्रमण मुक्त संख्या दैनिक नँया कोविड संक्रमण दर भन्दा उच्च रहेको छ। पछिल्लो ७ दिनमा ६ ठौं पटक संक्रमण मुक्त संख्या बढेको हो भने ४ दिन लगातार सो दर बढेको हो।

भारतको कुल सक्रिय केसलोड पनि ३५,१६,९९७ मा घटेको छ। यो देश को कुल सकारात्मक केसको १४.०९% हो।

पछिल्लो २४ घण्टामा सक्रिय केसलोडमा १,०१,४६१ लेे कमी आएको छ।

१० राज्यहरूले देशको कुल सक्रिय केसमा ७५.०४% ओगटेको छ।

राष्ट्रव्यापी खोप अभियानको तेस्रो चरण अन्तर्गत आज देशभरि दिइएको कुल खोप संख्या करिब १८.३० करोड पुगेको छ।

आज बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार २६,६८,८९५ सत्र मार्फत १८,२९,२६,४६९ लाई खोप दिइएको छ।

यसमा ९६,४५,६९५ एचसीडब्ल्यूहरू लेे पहिलो डोज लिएका छन्। ६६,४३,६६१ एचसीडब्ल्यूहरू लेे दोस्रो डोज
प्राप्त गरेका छन्। १,४४,४४,०९६ एफएलडब्ल्यू ले पहिलो खुराक, ८१,९६,०५३ एफएलडब्ल्यू ले दोस्रो डोज, १८-४४ वर्ष उमेर समूहका ५२,६४,०७३ लाभार्थी ले पहिलो डोज, ४५-६० वर्ष उमेर समूहका ५,७२,७८,५५४ लाभार्थी ले पहिलो डोज, र ९१,०७,३११ लाभार्थी ले दोस्रो डोज प्राप्त गरे। ६० वर्ष भन्दा बढी उमेर समूहका ५,४५,१५,३५२ लाभार्थी ले पहिलो डोज र १,७८,०१,८९१ लाभार्थी ले दोस्रो डोज प्राप्त गरे।
खोप अभियान को तेस्रो चरण अन्तर्गत गत २४ घण्टामा १८-४४ वर्ष उमेर समूहका ४,३५,१३८ लाभार्थी ले पहिलो डोज प्राप्त गरे। ३३ राज्य / केन्द्र शासित प्रदेशहरूमा कुल रुपमा ५२,६४,०७३ खोप दिइएको छ।

पछिल्लो २४ घण्टामा करिब ७ लाख खोप दिइएको छ। खोप अभियानको १२१ औं दिन (१६ मे २०२१) मा ६,९१,२११ खोप दिइएको छ। ६,०६८ सत्र मार्फत ६१४२८६ लाभार्थी ले पहिलो डोज र ७६,९२५ लाभार्थी ले दोस्रो डोज प्राप्त गरे।

दस राज्यहरूले पछिल्लो २४ घण्टामा ७५.९५% नँया संक्रमित केस रिपोर्ट गरेको छ।

सबैभन्दा बढी दैनिक नयाँ केसहरू महाराष्ट्रमा ३४,३८९ देखिएको छ भने तमिलनाडुमा ३३,१८१ नँया केस दर्ता गरिएको छ।

यसैबीच, राष्ट्रिय मृत्यु दर हाल १.१०% छ। पछिल्लो २४ घण्टामा ४१०६ व्यक्तिको मृत्यु भएको छ।

१० राज्य ले नँँया मृत्यु दरको ७५.३८% ओगटेको छ। महाराष्ट्रमा ९७४ र कर्नाटक मा ४०३ जनाको मृत्यु भएको छ।

यसका साथै वैदेशिक राहत सामग्रीहरू द्रुत गतिमा राज्य / केन्द्र शासित प्रदेशहरूलाई वितरण गरिएको छ। हालसम्म ११,०५८ अक्सीजन कन्सनट्रेटर, १३४९६ अक्सिजन सिलिन्डर, १९ अक्सिजन उत्पादन प्लान्ट, ७३६५ भेंटिलेटरहरू/बाइपाप, ५.३ लि रेमडेसीभिर शीशी सडक र हवाइ मार्ग बाट पठाइएको छ।