नीरा हाल वाशिंगटन डीसी स्थित एक अमेरिकी थिंक-टैंक, सेन्टर फर अमेरिकन प्रोग्रेस (सीएपी) को अध्यक्ष र सीईओ को रूप मा कार्यरत छिन्।

अमेरिकी राष्ट्रपति जो बिडेन को प्रशासन मा भारतीय अमेरिकी को दबदबा कायमै छ। बिडेन प्रशासनमा उच्च पदमा सामेल थुप्रै भारतीय अमेरिकी को सूची मा अर्को नाम थपिएको छ, नीरा टंडन। उनी सोमबार वरिष्ठ सलाहकार को रूप मा व्हाइट हाउसमा सामेल हुन तयार छिन्।

५० वर्षीया नीरालाई दुई कार्यहरू सँभालिएको छ - युएस डिजिटल सेवाको समीक्षा शुरू गर्ने, र सर्वोच्च अदालतले रिपब्लिकनद्वारा एफोर्डेबल केयर ऐक्ट खारेज गर्न खोज्दै गरिएको मुद्दा माथि विचार गर्ने निर्णयका कारण सम्भावित परिणाम बारे आकस्मिक योजना बनाउनु रहेको छ।

नीरा हाल वाशिंगटन डीसी स्थित एक अमेरिकी थिंक-टैंक सेन्टर फर अमेरिकन प्रोग्रेस (सीएपी) को अध्यक्ष र सीईओ को रूपमा कार्यरत छिन्।

"नीराको बौद्धिकता, दृढता र राजनीतिक समझशक्ति बिडेन प्रशासनको लागि सम्पत्ति हुनेछ," क्यापका संस्थापक तथा निर्देशक जोन पोडेस्टाले भने।

उनले भने कि ह्वाइट हाउसले पटक पटक असंख्य चुनौतिहरूको सामना गर्न उल्लेखनीय प्रगति गरेको छ। जस्तो अमेरिकीहरूलाई खोप लगाई कोरोनाभाइरस महामारीबाट वास्तविक आर्थिक राहत दिने र जलवायु परिवर्तनलाई सम्बोधन गर्न एफोर्डेबल केयर ऐक्ट लाई सुदृढीकरण गर्ने।

"यी धेरै साहसिक नीतिगत समाधानहरूू जसमा देशभरि मतदाताहरूको समर्थन रहेको छ, नीराको नेतृत्वमा क्यापमा धेरै वर्ष अघि विकसित गरिएको थियो। टोलीमा नीरा टन्डनको साथ प्रशासनको यस प्रयासलाई अझ बढाइनेछ।" पोडेस्टाले थपे।

नीराले पहिले अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागमा स्वास्थ्य सुधारका लागि वरिष्ठ सल्लाहकारको रूपमा सेवा गरिसकेकी छिन्।

ओबामा-बिडेन राष्ट्रपति अभियानका बेला नीरा
घरेलु नीति निर्देशक रुपमा थुप्रै घरेलु नीति प्रस्तावहरू व्यवस्थापन गरिन्।

उनले हिलारी क्लिन्टनको पहिलो राष्ट्रपति अभियानको बेला नीति निर्देशकको रूपमा पनि काम गरिन्।

२००८ को राष्ट्रपति पदको अभियान अघि टन्डनले क्लिन्टनको कार्यालयमा व्यवस्थापकीय निर्देशकको रूपमा काम गरेकी थिइन् र क्लिन्टनको २००० सिनेट अभियानका लागि उप अभियान प्रबंधक र मुद्दा निर्देशक को रुपमा पनि काम गरिन्।

उनले पूर्व राष्ट्रपति बिल क्लिन्टनको ह्वाइट हाउसमा घरेलु नीतिका लागि सहयोगी निर्देशक र प्रथम महिलाका वरिष्ठ नीति सल्लाहकारको रूपमा आफ्नो क्यारियर शुरू गरेकी थिइन्।

नीराले क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसबाट विज्ञानमा स्नातक र येल कानून स्कूलबाट कानून डिग्री हासिल गरेकी छिन्।