भारत र स्विजरल्याण्ड बीच लोकतंत्र र कानूनको साझा मूल्यमा आधारित सौहार्दपूर्ण र मैत्री सम्बन्ध‌ रहेको छ।

भारत र स्विजरल्याण्डले मंगलबार भिडियो कन्फरेन्सिंगको माध्यमबाट चौथो वित्तीय वार्तालाप गरे र कोविद १९ पछिको विश्वमा स्वच्छ र लचिलो आपूर्ति श्रृंखलामा समन्वयित द्विपक्षीय कार्यको महत्त्वबारे छलफल गरे।

अर्थ मन्त्रालयका अनुसार वार्ताका क्रममा दुबै पक्षले लगानी, अन्तर्राष्ट्रिय वित्तीय सेवा केन्द्र प्राधिकरण (आईएफएससीए), राष्ट्रिय लगानी तथा पूर्वाधार कोष (एनआईआईएफ), फिनटेक, दिगो वित्त र सीमा पार वित्तीय सेवाहरू लगायतका विभिन्न पक्षमा सहकार्यका लागि अनुभव साझा गरे।

पूर्वाधार वित्तियसँगै जी २०, आईएमएफ र अर्थव्यवस्थाको डिजिटलाइजेशनबाट उत्पन्न कर चुनौति सम्बन्धी विषयहरुमा छलफल गरियो।

मन्त्रालयका अनुसार दुबै देशहरूले आ-आफ्ना देशहरू र विश्वव्यापी आर्थिक परिदृश्यमा विचार र दृष्टिकोण साझा गरे।

भारतीय पक्षको नेतृत्व आर्थिक मामिला सचिव अजय सेठ र राजस्व विभागका प्रतिनिधि, विदेश मन्त्रालयको वित्तीय सेवा विभागका प्रतिनिधिहरूले गरेका थिए भने स्विस पक्षको नेतृत्व अन्तर्राष्ट्रिय वित्त राज्य सचिवालयका डानिला स्टेफेलले गरेकि थिइन।

वार्तालाप आपसी हितका क्षेत्रहरूमा दुबै देशहरूबीच दिगो भावी सहकार्यको लागि सकारात्मक नोटमा सम्पन्न भएको थियो।

भारत र स्विजरल्याण्ड बीच प्रजातन्त्र र कानूनको साझा मूल्यमा आधारित सौहार्दपूर्ण र मैत्री सम्बन्ध स्थापित छ।

भारतको गैर-संरेखणको नीति र स्विजरल्याण्डको परम्परागत तटस्थताको नीति दुई देशहरूबीच नजिकको समझदारीको कारण भएको छ।

दुबै देशहरुसंग धेरै द्विपक्षीय वार्ता संयन्त्रहरु छन् जसमा वित्तीय वार्ता सबैभन्दा महत्त्वपूर्णमा श्रेणीमा रहेको छ।