उर्जा केन्द्रबाट नेपालको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाका करीव २०,००० मानिसहरूले लाभ लिन सक्नेछन्।

नेपालको जुम्ला जिल्लामा भारतको आर्थिक सहयोगमा पुनःनिर्मित सानो जलविद्युत प्लान्टको बुधवारको भर्तुअल रुपमा उद्घाटन भयो।

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा रहेको सानो जलविद्युत केन्द्र भारत सरकारको २ करोड ६३ लाख को आर्थिक सहयोगमा निर्माण गरिएको थियो। नेपाल स्थित भारतीय दूतावासले एक विज्ञप्तिमा भनेको छ।

नेपाल विद्युत प्राधिकरणद्वारा १९८३ मा निर्माण गरिएको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाको जलविद्युत् प्लान्ट २०० किलोवाट विद्युत उत्पादन क्षमताको साथ निर्माण गरिएको थियो। प्राकृतिक विपत्तिका कारण पावर प्लान्ट बिग्रिएको थियो।

उपयोगकर्ता समिति , स्थानीय व्यक्ति र डीसीसी जुम्लाको अनुरोधमा भारत सरकारले जुम्ला जिल्लामा रहेको सानो जलविद्युत प्लान्टको पुनःस्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ' नेपाल-भारत विकास सहयोग ' अन्तर्गत भारत सरकारले प्रदान गरेको अनुदान जलाशय ट्यांकर निर्माण र सानो जलविद्युत् प्लान्टको पुनःस्थापनाका लागि प्रयोग गरिएको थियो।

यो ऊर्जा संयंत्र ले जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाका करीव २०,००० जनतालाई फाइदा पुगाउने छ।

भारतले नेपालमा ४५० एचआइसीडीपी को निर्माण सम्पन्न गरिसकेको छ, जसमध्ये जुम्ला जिल्लामा २ सहित प्रदेश ६ मा १० वटा रहेका छन्। प्रदेश ६ मा भारत सरकारको आर्थिक अनुदान द्वारा संचालित ४ वटा परियोजनाहरू विभिन्न चरणमा रहेका छन्। यस बाहेक, नेपाल स्थित भारतीय दूतावासले जुम्ला जिल्लाको विभिन्न स्वास्थ्य चौकी र एनजीओलाई ५ वटा एम्बुलेन्सहरु पनि प्रदान गरेको छ।

भारतीय दूतावासको बयान अनुसार सानो जलविद्युत उत्पादन प्लान्टले कुनै खास प्राविधिक विकास नभएको क्षेत्रको आवश्यकता पूरा गर्न योगदान दिनेछ। साथै यसले स्थानीय अर्थतन्त्र वृद्धि गर्ने, रोजगारीको सिर्जनासँगै जनसंख्याको जीवनस्तर सुधार गर्न मा पनि मद्दत पुगाउने छ।