खोपको प्रभावकारिता कायम गर्न चिसो भण्डारण प्रणाली अति आवश्यक छ। बी मेडिकल सिस्टमका जेसल दोशीले तर्क दिएका छन्।

“यदि सही तापक्रममा भण्डार गरिएको छैन भने खोपहरू पानी बाहेक अरू केही हुँदैन। यस समयमा भारतले भ्याक्सिनको लागि उन्नत प्रविधि को कोल्ड स्टोरेज इकाई बनाउनु पर्छ। बी मेडिकल सिस्टमका भारतका तर्फ बाट कार्यवाहक प्रमुख जेसल दोशीले भने।

इंडिया न्यूज नेटवर्कसँगको एक्सक्लूसिव अन्तर्वार्तामा दोशीले भने, "यदि तपाईं आमजनमानस अनुसार सोच्ने हो भनेेे यो कोरोनाभाइरस खोप अरु केही नभइ निस्क्रिय बनाइएका कोरोना भाइरस हुन् जसले शरीरमा प्रतिरक्षा प्रतिक्रिया जगाउने र एन्टिबडीहरू सिर्जना गर्ने कार्य गर्दछ। यी सबै खोप सँग सम्बन्धित सब भन्दा ठूलो चुनौती भनेको उनीहरू अत्यधिक तापक्रम प्रति संवेदनशील हुनु हो। त्यसैले उनीहरूलाई सामान्यतया २ देखि ३ डिग्री सेल्सियसमा भण्डारण गर्नु पर्छ। यदि सो नभएमा निस्क्रिय बनाइएका कोरोना भाइरस ज्यादा समय बच्न सक्दैन। अर्थात तँपाई प्रभावकारी खोपको सट्टा पानी को इन्जेक्सन लाइरहनु भएको छ।"

“तँपाईले सोचे जस्तो खोप लगाउदा खोपले सुरक्षा प्रदान गर्दछ र एन्टिबडीहरू सिर्जना गर्दछ तर यदि सही तापक्रम मा भण्डारण गरिएको छ भने। त्यसो नभएको खण्डमा, तपाईंले लिनुहुने सबै पानी हुन्। यसले मसँग एन्टिबडीहरू छन्, म सुरक्षित छु भनेर गलत विश्वास दिलाउनु सट्टा अरु केही गर्दैन। आज फेरि तपाईले सुन्नुभयो होला खोप लिइसकेका व्यक्ति पनि कोरोना संक्रमित भए। यसको एक कारण यो पनि हो कि खोपको शत प्रतिशत प्रभावकारिता प्रमाणित भएको छैन। तर धेरै जसो कारण भनेको खोपको सही भण्डारण नहुनु हो। तसर्थ गल्ती खोपको नभइ भण्डारण प्रणाली को हो।" उनले भने।

बी मेडिकल सिस्टम लक्समबर्गमा आधारित वैक्सीन कोल्ड चेन र मेडिकल रेफ्रिजरेसनको विश्वव्यापी निर्माता हो। कम्पनीले मुम्बईमा आफ्नो निर्माण इकाई सुरू गरेको छ, जुन अप्रिल मध्य-हप्तादेखि सक्रिय भूमिका निर्वाह गरिरहेको छ। यसको भारतमा कोल्ड स्टोरेज निर्माण र रसद संयंत्र स्थापना गर्ने योजना छ।

लक्जमबर्गमा आधारित खोप कोल्ड स्टोरेज निर्माताले स्पाइस एक्सप्रेस र अदानी लजिस्टिक सँग एयरपोर्टमा रसद केन्द्र स्थापना गर्न र कुनै पनि तापमान-संवेदनशील औषधि आइटमको वितरण प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ।

कोविड १९ महामारीको दोस्रो लहर ले सम्पूर्ण राष्ट्रलाई नै सताएको छ। भारत एक भयावह संकटको बीचमा छ। गत हप्तादेखि प्रत्येक दिन ३ लाख भन्दा बढी संक्रमित केस रेकर्ड गरिएको छ। यस बीच आशालाग्दो खबर भनेको धेरै भन्दा धेरै मानिसहरू ले खोप लगाइरहेका छन्। यद्यपि दोशीका बयान अनुसार यदि खोपको सही भण्डारण नभएमा खोप पानी बाहेक केही होइन।

यसका लागि भारतलाई गर्मीको चर्को मौसमको अवस्थालाई ध्यानमा राख्दै खोपको सही भण्डारण को लागि सामान्य चिसो भण्डारण इकाईहरूको मात्र नभई उच्च प्रविधियुक्त चीसो भण्डारण प्रणाली को आवश्यकता छ। दोषी ले भने कि 'मेड-इन-इण्डिया खोप कोभिसिल्ड र कोभाक्सिन २ देखि ८ डिग्री सेल्सियस राख्नु पर्छ, भारतको ग्रीष्म ऋतुमा यो हासिल गर्न गाह्रो छ।"

“ भारतीय खोप फाइजर भन्दा धेरै उच्च तापमानमा भण्डार गरिएको छ। तर कोभ्याक्सिन र कोभिसिल्ड जहिले पनि २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नु पर्छ। भारतको ग्रीष्म ऋतुलाई ध्यानमा राख्ने हो भने २ देखि ८ डिग्री कायम गर्न सजिलो छैन किनकि देशको धेरै भागमा तापक्रम ४५ देखि ५० डिग्री सम्म पुग्ने गर्छ। त्यसैले यी खोपको भण्डारण फाइजरभन्दा कम चुनौतीपूर्ण छन् किनकि फाइजरलाई -८० डिग्रीमा भण्डारण गर्नु पर्छ। तापनि चुनौती धेरै छन् जसको निर्क्यौल सजिलो छैन। उनले भने।

बी मेडिकल सिस्टमले खोप भण्डारण इकाइहरूले कसरी खोप भण्डारण गर्छ भन्नेबारे व्याख्या गर्दै दोशीले भने, “हामीले ४० बर्ष भन्दा धेरै समयदेखि यो गर्दै आएका छौं तसर्थ विश्वव्यापी रूपमा हामी ले एक अनुभव पाएका छौं। हामी यो कार्य युरोप, अमेरिका, अफ्रिका लगायत विभिन्न स्थानहरूमा गर्दै आएका छौं। हामी आजका धेरै मानिसहरूसँग नभएको समाधान विशेषज्ञताको एक निश्चित स्तर ल्याँउछौं। दोस्रो, हामीसँग सम्पूर्ण उत्पादन समाधानहरू छन् त्यसैले यो फार्मास्यूटिकल निर्माणकर्ताहरूमा मात्र होईन तर फार्मास्यूटिकल निर्माणकर्ताहरूबाट सुरू भएको छ। हामी पुणेको सीरम इन्स्टिच्युटमा मात्र नभइ देशको उत्तरपूर्वी भागको अति दुर्गम ठाउँ सम्म खोप लँगिदा खोपको सही भण्डारण गर्न चाहन्छौं। जहिले पनि खोप २-८ डिग्री सेल्सियस मा भण्डारण गरिनु पर्छ। सम्पूर्ण यात्राको लागि, हामीसँग एक समाधान छ जहाँ हामी आफ्नो सम्पूर्ण श्रृंखलाको टाढा बाट निगरानी गर्छौं। त्यसैले हामी कुनै पनि बिन्दुमा खोपको तापक्रम कति छ, कुन स्थानमा पुगेको छ, र त्यहाँ कुनै उल्लंघन भएको छ वा छैन थाहा पाउन सकिन्छ। हाम्रो लागि, खोपको नियम मा उल्लंघन भयो वा भएन भनेर जान्न केवल ५ सेकेन्ड लाग्छ र मलाई लाग्छ कि यो अत्यन्त शक्तिशाली सूचना हो। ”

“र निस्सन्देह जब चीसो प्रविधि को कुरा आउँछ, हामीसँग धेरै प्रकारका चिसो टेक्नोलोजी छन्। हामी खोपहरू -८० डिग्री सेल्सियसदेखि ८ डिग्री सेल्सियससम्म भण्डारण गर्न सक्छौं, ”उनले थपे।

भारतको विशालतालाई ध्यानमा राख्दै, यो जन उत्पादनलाई सजिलो बनाउन आफ्नै चुनौतिहरू रहेका छन्। यसबाहेक, महामारीको यो अनिश्चित समयमा कुनै पनि कुराको योजना बनाउन सकिदैन।

कम्पनीले भारतमा निर्माणका क्रममा कसरी चुनौतिहरूको सामना गरिरहेको छ भन्ने बारेमा बोल्दै दोशीले भने, "मलाई लाग्छ भारतसँग सबैभन्दा ठूलो चुनौती भनेको यसको विशालता र यसको पारवहन समस्या हो। हाम्रो पहिलो उत्पादन भनेको यातायात समस्याको समाधान हो जुन कुनै पनि खोपको लागि एकल समाधान हो। जसको मद्दतले तपाईं कोभिसिल्ड कोभाक्सिन र स्पुतनिक भ्याक्सिन पनि भण्डार गर्न सक्नुहुनेछ, जसलाई भण्डारण गर्न -२० डिग्री सेल्सियस चाहिन्छ। त्यसकारण हाम्रो ध्यान कुनै पनि खोपको लागि एकल समाधानमा रहेको छ। हामी कुनै पनि ग्राहकलाई त्यो समाधान प्रदान गर्न सक्षम हुन देश भरमा केन्द्रहरू निर्माण गर्दैछौं। ”

बी मेडिकल सिस्टमले लक्जमबर्ग बाहिर निर्माण शुरू गरेको यो पहिलो पटक हो। कम्पनीले भारतलाई छिमेकी देश जस्तै मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशियामा निर्यात केन्द्रको रूपमा हेर्ने विचार गरिरहेको छ, डोसीले भने।

भारतको वर्तमान अवस्थालाई ध्यानमा राख्दै, बी मेडिकल सिस्टमले आउने दिनहरुमा आफ्नो दैनिक क्षमता कम्तिमा १० गुणाले बढाउने योजना बनाएको छ।

कोविड महिनौंसम्म नभई बर्षौं बर्षसम्म बस्न आएको कुरा सम्झाउँदै दोशीले भने, "यो होइन कि तपाईले एक पटक खोप लगाउनु भयो र जीवन भर ढुक्कले बस्नु भयो। तपाईंले सम्भवतः हरेक वर्ष खोप लिन आवश्यक हुनेछ। भ्याक्सिनका प्रकारहरू हुन्छन् किनकि एउटै खोपले सबै कोभिड भेरियन्टहरूमा काम नगर्न सक्छ। यो परीक्षण र त्रुटि को प्रक्रिया हो। कोविडलाई हटाउनको लागि संघर्ष गर्नु भनेको दुर्भाग्यवश एउटा स्प्रिन्ट होइन तर म्याराथन हो। त्यसैले हामी यहाँ लामो समयको लागि छौं। तर हामीले देशसँग मिलेर काम गर्न र छोटो अवधिमा उनीहरूलाई सहयोग पुर्‍याउन निर्माण गरिसकेका छौं। ”