कोविड १९ महामारीको बिरूद्धको संघर्ष मा महत्वपूर्ण उपलब्धि हासिल गर्दै, भारतले अहिलेसम्म १५ करोड भन्दा बढी मानिसलाई खोप खुराकहरू प्रदान गरेको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार बिहान ७ बजेसम्मको अस्थायी प्रतिवेदन अनुसार २२,०७,०६५ सत्रहरूको माध्यमबाट १५,००,२०,६४८ खोप खुराक दिइयो।

यसमा ९३,६७,५२० एचसीडब्ल्यूहरूले पहिलो खुराक लिएका छन् र ६१,४७,९१८ एचसीडब्ल्यूहरूले दोस्रो खुराक लिएका छन्। १,२३,१९,९०३ एफएलडब्ल्यू (पहिलो चरण), ६६,१२,७८९ एफएलडब्ल्यू (दोस्रो चरण), ५,१४,९९,८३४ पहिलो खुराक लाभार्थीहरू र ९८,९२,३८० दोस्रो खुराक लाभार्थीहरु ६० वर्ष भन्दा बढी उमेर समूहका छन्र। ५,१०,२४,८८६ (पहिलो खुराक) र ३१,५५,४१८ (दोस्रो खुराक) लाभार्थी ४५ देखि ६० बर्ष उमेर समूहका छन्।

पछिल्लो २४ घण्टामा २१ लाख भन्दा बढी खोप खुराकहरू दिइएको छ।

खोप
अभियान को १०३ दिन(२८ अप्रिल) मा २१,९३,२८१ लाई खोप दिइयो।२०,९४४ सत्रहरू मार्फत १२,८२,१३५ लाभार्थीहरूलाई पहिलो खोप खुराक दिइयो र ९,११,१४६ लाभार्थीहरूले खोपको दोस्रो डोज प्राप्त गरे।

भारतको कुल पुन: स्वास्थ्य लाभ संख्या १,५०,८६,८७८ रहेको छ। राष्ट्रिय रिकभरी दर ८२.१०% छ।

पछिल्लो २४ घण्टामा २,६९,५०७ जनाले पुन: स्वास्थ्य लाभ प्राप्त गरे।

दश वटा राज्यहरूले नयाँ रिकभरीको ७८.०७% हिस्सा ओगटेको छ।

गत २४ घण्टामा भारतले ३,७९,२५७ नयाँ कोविड केसहरू दर्ता गरेर अर्को रेकर्ड तोड्यो।

महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, कर्नाटक, केरला, छत्तीसगढ़, पश्चिम बंगाल, तमिलनाडु, आन्ध्र प्रदेश र राजस्थान लगायत १० राज्यले ७२.२०% नयाँ घटना रिपोर्ट गरेका छन्।

महाराष्ट्रमा दैनिक ६३,३०९ नँया कोविड संक्रमित संख्या दर्ता गर्दछ भने कर्नाटकमा दिनहुँ ३९,०४७ र केरला मा दैनिक ३५,०१३ नँया केसहरू फेला परेका छन्।

भारतको कुल सक्रिय केसलोड ३०,८४,८१४ पुगेको छ। देश को कुल सकारात्मक मामलाहरुमा यसले १६.७९% को बढोत्तरी
देखाएको छ। पछिल्लो २४ घण्टामा कुल सक्रिय केसलोडमा १,०६,१०५ बढोत्तरी भएको छ।

एघार राज्यहरूले भारतको कुल सक्रिय केसको ७८.७१% हिस्सा ओगटेको छ।

यसै बीच, राष्ट्रिय मृत्यु दर घट्दै छ र वर्तमानमा १.११% छ। पछिल्लो २४ घण्टामा ३६४५ व्यक्तिको मृत्यु भएको बताइएको छ।

१० राज्यले देशको कुल मृत्युदर मा ७८.७१% हिस्सा लिएको छ। महाराष्ट्रमा १,०३५ को मृत्यु भएको छ भने दिल्लीमा ३६८ जनाको दैनिक मृत्यु हुन्छ।

छ वटा राज्य / संघ शासित प्रदेशहरूले पछिल्लो २४ घण्टामा कुनै पनि कोविड १९ मृत्यु रिपोर्ट गरेका छैनन्। यी हुन् दमन र दीव र दादरा र नगर हवेली, लद्दाख (यूटी), लक्षद्वीप, मिजोरम, त्रिपुरा र अरुणाचल प्रदेश।