भारतको वृद्धिको पूर्वानुमान अमेरिका सहित विश्वका कुनै पनि अन्य प्रमुख अर्थतन्त्र भन्दा उच्च छ।

इकोनॉमिस्ट इंटेलिजेंस युनिट (इआइयु) ले २०२१ को लागि भारतको आर्थिक वृद्धि १३ प्रतिशतमा पुर्वानुमान गरेको छ जुन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भनेका भन्दा बढी हो। विश्वव्यापी मौद्रिक निकायले भर्खरै आर्थिक वर्ष २०२१-२२ का लागि १२.५ प्रतिशतको वृद्धि दर अनुमान गरेको छ जुन चीनभन्दा बढी हुनेछ।

“२०२०/२१ मा अनुमानित ७% प्रतिशतले संकुचित गरिसकेपछि आर्थिक वर्ष २०२१ / २२ (अप्रिल-मार्च) मा अर्थतन्त्र १३% ले उकास्ने अनुमान गरिएको छ।,” ईआईयूले आफ्नो रिपोर्टमा भनेको छ।

२०२१ को लागि भारतको विकास दरको पूर्वानुमान अमेरिकालगायत विश्वको कुनै पनि प्रमुख अर्थव्यवस्थाभन्दा बढी हुने बताइएको छ जुन ५.५ प्रतिशत गणना गरिएको छ। साथै, ईआईयूले आरबीआईको मौद्रिक नीति समितिको गणना १०.५ प्रतिशतको तुलनामा चालू वर्षको लागि भारतको वृद्धि दरको पूर्वानुमान गरेको छ।

इआईयूले आफ्नो प्रतिवेदनमा भनेकाे छ कि आन्दोलनले कृषि सुधारको कार्यान्वयनमा मात्र ढिलाइ गर्दछ र हामी सरकारले श्रम सुधार र निजीकरण प्रयासमा कडा दबाबको सामना गर्ने अपेक्षा गर्दैनौं।

"सत्तारुढ गठबन्धनले २०२४ मा आफ्नो कार्यकाल समाप्त नभएसम्म सत्तामा रहने अपेक्षा गरिएको छ। चीनसँगको तनाव बढ्दो रहनेछ तर ठूलो तवरमा द्वन्द्व हुँदैन।"

आईएमएफले २०२१ मा विश्व अर्थतन्त्रमा ६ प्रतिशतको विस्तार हुने भविष्यवाणी गरेको थियो जुन जनवरीमा गरिएको ५.५ प्रतिशतभन्दा बढी हो। १९८० पछि आईएमएफ रेकर्ड अनुसार यो विश्व अर्थतन्त्रको लागि सब भन्दा द्रुत विस्तार हुनेछ।

"२०२२ मा अन्तर्राष्ट्रिय आर्थिक बृद्धिले ४.३प्रतिशतको जनवरीको पूर्वानुमानको तुलनामा ४.४ % प्रतिशतको गिरावट हुने प्रक्षेपण गरेको छ। स्वास्थ्य र आर्थिक संकटबाट बाहिर निस्किरहेको मार्ग प्रशस्त रुपमा देखिएको छ।" आईएमएफका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले पत्रकारहरूलाई भने।

एजेन्सीका अर्थशास्त्रीहरूको अनुमान छ कि २०२० मा विश्वव्यापी अर्थतन्त्र गत वसन्तको शुरुमा विश्वभर कोरोना भाइरस को विस्फोट पछि भएको विनाशकारी मन्दी पछि ३.३ प्रतिशतले संकुचित भएको छ । आईएमएफको डाटाबेसमा त्यो सबैभन्दा खराब वार्षिक तथ्यांक हो। यद्यपि ३.५ प्रतिशत गिरावट जति गम्भीर छैन जुन यसले तीन महिना पहिले अनुमान गरेको थियो।

यदि कोविड १९ लकडाउन बेला १६ खरब अमेरिकी डलर को सहयोग कम्पनीहरू र उपभोक्ताहरुलाई सघाउन सहयोग नगरिएको भए गत वर्षको गिरावट तीन गुणा खराब हुन सक्थ्यो आईएमएफ पूर्वानुमानकर्ताहरु भने।

विश्व बैंकले पनि आर्थिक वर्ष २१/२२ को वास्तविक जीडीपी वृद्धि ७.५ देखि १२.५ प्रतिशत हुन सक्ने भविष्यवाणी गरेको छ।

वाशिंगटनमा आधारित विश्वव्यापी ऋणदाताले आफ्नो भर्खरको दक्षिण एशिया इकोनॉमिक फोकस रिपोर्टमा भने कि कोविड १९ महामारीको उदय हुँदा अर्थव्यवस्था पहिले नै सुस्त थियो। आर्थिक वर्ष १७ मा ८.३ प्रतिशत पुगेपछि आर्थिक वर्ष २०२० मा वृद्धि मा ४.० प्रतिशतले गिरावट आएको छ।