यी परियोजना समुदाय विकास र सशक्तिकरण तर्फ लक्षित हुनेछ जसको सञ्चालन माल्दिभ्सका विभिन्न ९ टापुहरूमा गरिने छ

माल्दिभ्स को विकास र हित का निम्ति भारतले उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु लाई लागू गर्ने निर्णय गरेको छ। यस सन्दर्भमा, दुबै देशले उच्च प्रभाव सामुदायिक विकास (एचआईसीडी) को लागी भारतीय अनुदान सहायता योजना अन्तर्गत स्थानीय निकायहरुको सहयोगमा आठ समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

बिहीबार माल्दिभ्स स्थित भारतीय उच्चायोगले एक ट्वीट मा भनेको छ, "उच्च प्रभाव सामुदायिक विकास परियोजना का लागि भारत र माल्दिभ्स द्वारा ८ सम्झौता पत्रमा हस्ताक्षर। माल्दिभ्सका विभिन्न ९ टापुहरूमा यी परियोजना सञ्चालन गरिने। सामुदायिक विकास र सशक्तिकरण को लागी लक्षित।"

माल्दिभ्सको आधिकारिक विज्ञप्तिमा भनिए अनुसार सम्झौता पत्र हस्ताक्षर समारोह बिहीबार परराष्ट्र मन्त्रालयमा भएको थियो।

समझदारीपत्रमा माल्दिभ्सका तर्फबाट परराष्ट्र राज्यमन्त्री अहमद खलील र भारतका उच्चायुक्त सञ्जय सुधीरले हस्ताक्षर गरेका छन् ।

माल्दिभ्स का विदेश मन्त्री अब्दुल्ला शाहिदले समारोहमा सामूहिक समझदारी अन्तर्गत शुरू गरिएका परियोजनाहरुले सामाजिक, आर्थिक विकास, आजीविका गतिविधि, पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षण, महिला सशक्तिकरण र बाल कल्याण र सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए।

विदेशमन्त्री साहिदले माल्दिभ्सको सामाजिक–आर्थिक विकासका लागि भारतले‌ निरन्तर सहयोग गर्ने बताएका थिए।

बिहीबार हस्ताक्षर भएका समझदारीपत्र अन्तर्गत शुरू गरिएका परियोजनाहरु ३ करोड ६६ लाख ९ हजार ६ सय रुपैयाँ बराबरको लागत मा बन्नेछन्।

परियोजना अन्तर्गत दुई समुद्री एम्बुलेन्स को अधिग्रहण, तीन विद्यालयहरुमा समावेशी शिक्षा समर्थन एकाइ सुदृढीकरण, एल माबाइधु मा आइस प्लान्टको विकास; ओलम्पस हल उन्नयन परियोजना, एन मिलाधुमा एक बहुउद्देश्यीय परिषद भवन को निर्माण; धनगेठी साँस्कृतिक केन्द्र निर्माण र थुमाराफुसी र भेमान्डुमा सडक बत्ती जडान सामेल छन्।

बिहीबार शुभारम्भ गरिएका आयोजना बाहेक यस अनुदान योजनाअन्तर्गत हाल १२ वटा आयोजना सञ्चालनमा रहेका छन् ।

जसमा अड्डु शहरको हिताधु, मराधु र हुलहुधुमा र नुनु केन्धिकुलहुधुमा गेयधोशु मास प्लान्ट (छिमेकमा माछा प्रशोधन गर्ने प्लान्ट) को स्थापना समावेश छन्। अड्डू शहर को हिताधु, मराधु र हुलहुधु, फेडु, मिधुमा पर्यटन क्षेत्र को विकास; मत्स्य पालन, कृषि र समुद्री संसाधन मन्त्रालय द्वारा हनीमाधु मा कृषि परियोजना; अड्डू शहर को हुलहुधुमा औषधि केन्द्र को स्थापना, हा अलिफ होराफुशीमा पानीको बोतल कारखाना स्थापना गरिंदै छ।